२०८३ साउन १४ , बिहीबार (2026 Jul 30, Thursday)

ट्रकको ठक्करबाट एक महिलाको मृत्यू 



मृतक अमृता बिक (फाइल फाेटाे )

दैलेख – दैलेखमा ट्रकको ठक्करबाट एक जना पैदल यात्रुकाे  मृत्यू भएको छ । दैलेख सदरमुकामको बारुदखाना नजिक लु २ ख ४००८ नम्बरको ट्रकले ठक्कर दिंदा पैदल यात्रु नौमूले गाउँपालिका–५ सालकोटकी ४६ वर्षीया अमृता बिकको उपचारको क्रममा मृत्यू भएको प्रहरीले जनाएको छ ।

काँडाचौरबाट पैदल हिँडेर दैलेख अस्पताल जाँदै गरेकी बिकलाई विपरित दिसाबाट आइरहेको उक्त ट्रकले ठक्कर दिंदा घाइते भएकोमा दैलेख अस्पतालमा उपचारको क्रममा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक सत्यनारायण चौधरीले जानकारी दिनुभयो ।

अमृताका श्रीमान बलबहादुर बिक (बीचमा) र आफन्तहरू

ठक्कर दिए लगतै भागिसकेकाेमा स्थानीयले दिएको हुलिया अनुसार प्रहरीले ठक्कर दिने ट्रक र अर्घाखाँचीको छत्रदेब गाउँपालिका–३ बलकाेट घरका चालक गणेश दमाईलाई नियन्त्रणमा लिई घटनाको अनुसन्धान थालिएको प्रहरी निरीक्षक चौधरीले बताउनुभयो ।

 

प्रकाशित मिति : २०८१ मंसिर २४ गते सोमबार