दैलेख – स्थानीय तह उपनिर्वाचनको कार्यक्रम अन्तरगत आइतबार भएको मतदानको प्रारम्भिक सूचना अनुसार दैलेखमा ५५ दशमलव ५९ प्रतिशत अर्थात आठ हजार पाँच सय १७ मत खसेको छ । दैलेखको महाबु गाउँपालिकामा ५५ दशमलव ४० र दुल्लू नगरपालिका १३ मा ५६ दशमलव ४६ प्रतिशत खसेको अधिकारीहरूले बताएका छन् ।
अध्यावधिक विवरण अनुसार महाबु गाउँपालिकाका ६ वटै वडाका ९ स्थानमा रहेका १६ वटा मतदान केन्द्रमा ६ हजार नौ सय ८९ मत र दुल्लू नगरपालिका १३ का दुई स्थानका ४ मतदान केन्द्रमा एक हजार पाँच सय २८ मत खसेको मुख्य निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
‘५० प्रतिशतसम्म मत खस्लाकी भन्ने अनुमान थियो, बढी नै सहभागिता भयो । उपनिर्वाचनमा पनि मतदाताहरुको तत्परता उत्साह पूर्ण रहयो । मतपेटिका ८ बजेसम्म आइसक्लान् अनि राति नै मतगणना सुरु हुन्छ’ दैलेखका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्