२०८१ पुस ८ , सोमबार (2024 Dec 23, Monday)

महाबुका मतदाताका रोजाईमा जंग बराल



दैलेख – मंसिर १६ गते हुन लागेको महाबु गाँउपालिका उपनिर्वाचनमा ७ जना अध्यक्ष पदको प्रतिस्पर्धामा सहभागी छन् । निर्वाचन कार्यलयले सार्वजनिक गरेको अन्तिम सुचीमा ७ जना अध्यक्ष उम्मेरदवार देखिएका छन् । त्यसमा माओवादी केन्द्रको तर्फबाट उमेदवार बनेका जंग बराल मगर ‘त्रिलोचन’ एक हुन् ।

अध्यक्षका उम्मेरदवारहरूले चुनावी प्रचारप्रसार गरिरहेका छन् । मतदाताको घरघरमा पुगेर घरदैलो अभियानमार्फत मत मागिरहेका छन् । घरदैलोमा भेटिएका मतदाताहरूको भनाइ र मत सर्वेक्षण गर्दा जंग बराल मगर ‘त्रिलोचन’ मतदाताको रोजाईमा परेका छन् ।

मतदाता र महाबु वासीले उनलाई समाजको असल अभिभावकको रूपमा लिई रहेछन् । उनी माओवादी केन्द्रको तर्फबाट उम्मेरदवार बनेपनि सबैका साझा उमेदवार हुन् भन्छन्, ६ वटै वडाका मतदाताहरू । माओवादी केन्द्रले उमेदवार बनाएका बराल १० वर्ष जनयुद्धमा होमिएर र विभिन्न विभागको नेतृत्व समेत सम्हालेका उनी सामाजिक सेवाका क्षेत्रमा पनि उत्तिकै सफल नेतृत्व मानिन्छन् ।

महाबु गाउँपालिका वडा नं १ देखि ६ सम्मकै मतदाता हरुले जंग बराल मगर ‘त्रिलोचन’ निर्विवाद व्यक्ति भएको र महाबुवासीको असल नेता भएकोले यसपटक उनलाई मत दिन आवश्यक भएको बताएका छन् ।

बराल अन्य उम्मेरदवार भन्दा उमेर पाको भएपनि युवा जोस र निस्वार्थ व्यक्ति भएको स्थानिय व्यवसायीले बताए । बराललाई अघिल्लोपटक जिताउन नसक्दा महाबुको समुचित विकास नभएको उनको र महाबु बासीको टिप्पणी छ ।

उनलाई मतदाताले उत्साहपुर्वक स्वागत गर्ने गरेका छन् । सरल, मिजासिलो, कुशल व्यवस्थापक र सबैका कुसल नेता भएकाले बरालको पक्षमा माहोल देखिएको छ । महाबुमा यसपटक त बराललाई दिने हो भोट भन्छन महाबु बासिहरु ।

उम्मेरदवार बराल पनि मतदाताको साथ र समर्थनले उत्साहित छन् । उनले महाबुको विकास र समृद्धि नै आफ्नो सपना भएको बताएका छन् । उनले २६ बुँदे प्रतिवद्वता पनि सार्वजनिक गरिसकेका छन् ।

 

प्रकाशित मिति : २०८१ मंसिर ८ गते शनिबार