२०८२ भदौ २ , सोमबार (2025 Aug 19, Tuesday)

रुकुमको राडीमा बस दुर्घटना, नौ जना घाइते 



रुकुम – काठमाण्डौबाट रुकुम पश्चिमको राडीका लागि छुटेको प्रदेश ३–०१ ००५ ख ९९६६ नम्बरको बस आज शनिबार दिउँसो रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ रिठामा दुर्घटना हुँदा नौ जना घाइते भएका छन् ।

भेरी करिडोरअन्तर्गत रिठा नजिकै दुर्घटना हुँदा धादिङ खाग्री गाउँपालिका–१ का ३१ वर्षीय चालक खड्कबहादुर तामाङ, खाग्री गाउँपालिकाकै वडा नम्बर ६ का २८ वर्षीय भीमबहादुर भुलन, रुकुम पश्चिमको आठबिसकोट–९ का ३१ वर्षीय प्रकाश गौतम, दोलखा भिमेश्वर नगरपालिका–७ का २६ वर्षीय प्रकाश मगराठी घाइते भएका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिनुभयो ।

दुर्घटनामा आठबिसकोट–११ का १७ वर्षीय गणेश रसाइली, जाजरकोट नलगाड नगरपालिका–८ का ४५ वर्षीया भीमकुमारी चँदारा, उहाँको १० वर्षीय छोरा मानबहादुर चँदारा, मोरङ खेरुवा नगरपालिका–५ का २८ वर्षीय आकाश काफ्ले र जाजरकोट नलगाड–१२ की २५ वर्षिया किसङकुमारी विक रहेका छन् । घाइतेको राडीअस्पतालमा उपचार भइरहको प्रहरी निरीक्षक पाठकले जानकारी दिनुभयो । बस सडकबाट ५० मिटर तल खसेको थियो ।

प्रकाशित मिति : २०८१ मंसिर १ गते शनिबार