
दार्चुला – शुक्रबार बिहानै दार्चुलामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यू भएको छ । मालिकार्जुन धाममा लागिरहेको जात्राबाट फर्केर गोकुलेश्वरतर्फ गइरहेको म १ ज ३३८ नम्बर को बोलेरो जिप दुर्घटना हुँदा ६ जनाको मृत्यू भएको प्रारम्भिक विवरण आएको प्रहरीले जानकारी दिएको छ ।
तीर्थ यात्री बोकेको जीप ग्वानीको बजानी नजिक सिराडको खोलामा दुर्घटना भएको र मृतकहरूको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका इञ्चार्ज डीएसपी प्रकाश दाहालले जानकारी दिनुभयाे । रातिको समयमा दुर्घटना भएकाले उद्धार कार्यमा कठिनाइ भइरहेको उहाँकाे भनाइ छ ।
प्रकाशित मिति : २०८१ कात्तिक ३० गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्