२०८१ पुस ९ , मंगलबार (2024 Dec 24, Tuesday)

विद्यालय जान हिंडेको किशोर सम्पर्क विहीन



दिनेश र दिनेशकाे परिवार

काठमाडौँ – चन्द्रागिरी नगरपालिका–१, थानकोट नजिक दहचोकबाट एक किशोर सम्पर्क विहीन भएका छन् । कात्तिक २५ गते आइतबार बिहान नौ बजे विद्यालय जान भनी दहचोकस्थित ठूलाबुबा प्रकाशराज रेग्मीको घरबाट विद्यालय पोशाकमा हिंडे पनि विद्यालय नगई सम्पर्क विहीन भएका हुन् ।

विद्यालय समय सकिएपछि पनि घर नफर्किएपछि परिवारजनले खोजी गरेका थिए । दैलेखको भगवतीमाई गाउँपालिका–३ मेहलतोली घर भई हाल सुर्खेतमा बस्तै आएका मणिराम रेग्मीका एक मात्र छोरा दिनेश दुई वर्षदेखि काठमाडौं दहचोकमा ठूलाबा प्रकाशराज रेग्मीको घरमा अध्ययन गर्न बस्दै आउनुभएको थियो ।

काठमाडौंको थानकोटस्थित मंगलोदय माविमा कक्षा ९ मा अध्ययनरत दिनेश गहुँगोरो वर्ण, पातलो जिउको हुनुहुन्छ । दिनेशका बुबा मणिराम रेग्मी बैदेशिक रोजगारीमा हुनुहुन्छ । दिनेशकी आमा कमला र कक्षा ६ मा पढ्दै गरेकी बहिनी श्रृष्टि सुर्खेतमा बस्तै आउनुभएको छ ।

क्रिकेट खेलमा ज्यादै रुची राख्ने दिनेश आफ्नो उमेर समूहका दौंतरी साथीहरुसंग लुकीछिपी बसेको हुनसक्ने अनुमान गरिएको छ । घरबाट हिंड्दा पुस्तक बोक्ने झोलामा ट्रयाकसुट लगायतका कपडा लिएको तर पकेटमा थोरै पैंसा भएकोले काठमाण्डौंमै कतै लुकी बसेको हुनसक्ने श्रोतको अनुमान छ ।

 

प्रकाशित मिति : २०८१ कात्तिक २८ गते बुधबार