कैलाली – कैलालीमा बाख्रा चोरी गरेको निहुँमा एक जना युवक माथि गरिएको सामूहिक कुटपिटको कारण ती युवकको मृत्यू भएको छ । बाख्रा चोरेको आरोपमा सामूहिक आक्रमणमा परेर गौरीगङ्गा नगरपालिका–११ को कान्तिपुर बस्ने ३० वर्षीय सुरेश भुलको ज्यान गएको प्रहरीले जनाएको छ ।
शनिबार २४ गते साँझ १०-१२ जनाको समूहले गरेको आक्रमणबाट घाइते सुरेशको धनगढीको निसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको भन्दै मृतकका आफन्तले १० जनाविरुद्ध प्रहरीमा किटानी दिएका छन् । अहिलेसम्म प्रहरीले पाँच जनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी डिएसपी कबिन्द्रसिंह बोहराले जानकारी दिनुभयो ।
कुटपिटमा संलग्न मध्ये गौरीगङ्गा–११ को कान्तिपुर ३४ वर्षीया रमा रावल, ६५ वर्षीय जङ्ग भुल, २३ वर्षीय विशाल बिक, ३० वर्षीय धर्म बिक र १७ वर्षीय एक बालक समेत रहेको डिएसपी बोहराले बताउनुभयो । पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय मालाखेतीको हिरासतमा राखी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्