
जाजरकोट – कुदूमा फोर्स गाडी दुर्घटनामा १६ जना घाइते भएका छन् । जाजरकोटको स्याउली बजारबाट नेपालगञ्ज जाँदै गरेको बा ५ ख १८९२ नम्बरको फाेर्स गाडी मध्यपहाडी राजमार्ग कुदु नजिकै दुर्घटनामा ती यात्रु घाइते भएका हुन् ।
दुर्घटनामा परेर १६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले पहरेदारलाई जानकारी दिनुभयाे ।
घाइतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र कुदूमा उपचार भइरहेको छ भने उनीहरुको अवस्था मध्यम रहेको छ । गाडी सडकबाट करिब ५० मिटर तल खसेको छ । शनिबार दैलेखका रातानाङ्ला, आइतबार कालिकोटको पलाँता दुर्घटना भएका थिए ।
प्रकाशित मिति : २०८१ कात्तिक २६ गते सोमबार
प्रतिक्रिया दिनुहोस्