२०८१ चैत २५ , सोमबार (2025 Apr 7, Monday)

मृग ठानेर हानेको गोली साथीलाई लागेपछि…



साँकेतिक तस्बिर

खोटाङ – सिकार खेल्नसँगै जंगल गएका साथीले हानेको भरुवा बन्दुकको गोली लागेर केपिलासगढी गाउँपालिका–१ फेदीस्थित पिपिङका ५८ वर्षीय जगतप्रसाद राईको मृत्यु भएको छ ।

फेदीको हात्तीढुंगे जंगलमा सिकार खेल्न सँगै गएका स्थानीय २५ वर्षीय चेतन राईले प्रहार गरेको भरुवा बन्दुकको गोली लागेर बुधबार राति जगतप्रसादको घटनास्थलमै मृत्यु भएको र चेतनलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

आफूले हानेको गोलीले जगतको मृत्यू भएको चेतनले स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सञ्जु कार्कीले जानकारी दिनुभयो । घटनास्थलबाट दुई वटा भरुवा बन्दुक बरामद गरिएको र प्रहरीले अनुसन्धान थालेको कार्की बताउनुभयो ।

खोटाङमा मनोरञ्जनका साथै मासु र हाडखोर बिक्रीका लागि बाघ, भालु, मृग, थार, घोरल, खरायो, कालिजलगायत जंगली जनावर तथा पक्षी सिकार गर्दै आएका छन् । नियमन निकायले चोरी सिकारी नियन्त्रणमा खास चासो नदिएको स्थानीयहरूको गुनासो छ।

प्रकाशित मिति : २०८१ कात्तिक २३ गते शुक्रबार