२०८१ चैत २५ , सोमबार (2025 Apr 7, Monday)

पिकनिकबाट फर्किएको फोर्स दुर्घटना, २८ जना घाइते



तस्बिर साैजन्य : सामाजिक सञ्जाल

सुर्खेत – बीरेन्द्रनगरको कटकुवामा बुधबार दिनभर पिकनिक सकेर साँझ सुर्खेतको रामघाट तर्फ फर्किन लाग्दा कपासे व्यारेक नजिक फोर्स गाडी दुर्घटना भएको छ । दुर्घटना हुँदा गाडीमा सवार २८ जना यात्रु घाइते भएका प्रहरीले जनाएको छ ।

कर्णाली प्रदेश ०२-००१ ख ०१८८ नम्बरको फोर्स गाडी नेपाली सेनाको कपासे व्यारेककाे गेट अगाडि भएकाे दुर्घटनामा चालक सहित २८ जना घाइते यात्रुहररूलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पुराइएकाे छ ।

दुर्घटनामा घाइतेहरूमा सुर्खेतकाे भेरीगंगा नगरपालिका-१० झिलमिलेका गाडी चालक १९ वर्षीय केशर रसाइली र त्यही ठाउँका ८ वर्षीय बालक संयाेगप्रताप घर्ती समेत २ जना सख्त घाइते र अरू २६ जना सामान्य घाइते भएका बताइएकाे छ ।

घाइतेहरुलाई छिटाेछरिताे उपचारका लागि प्रदेश अस्पताल पुर्‍याइएकाे र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी डीएसपी बीरेन्द्रबीर बिश्वकर्माले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८१ कात्तिक २१ गते बुधबार