रुकुमपश्चिम – गाडीको ठक्करबाट आमा–छोरीको मृत्यु भएको छ । आइतबार बिहान सानीभेरी गाउँपालिका–८ एकान्तस्थित मध्यपहाडी सडकखण्डमा भे.१ ज १४८२ नम्बरको गाडीले ठक्कर दिँदा गुल्मीकी २६ वर्षीया स्वस्तिका पौडेल र उनकी २ वर्षीया छोरी शान्दिका ज्ञवाली घाइते भएका थिए।
उनीहरूको उपचारका क्रममा रुकुम पश्चिम जिल्ला अस्पताल सल्लेमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक झबेन्द्र परियारले बताउनुभयो ।
आमा–छोरी मुसिकोटबाट सुर्खेत हुँदै गुल्मी जाँदै थिए। छोरीले शौच गर्न भनेपछि गाडी रोकिएको र ओर्लिएका उनीहरूलाई सिम्लीबाट चौरजहारीतर्फ जाँदै गरेको गाडीले ठक्कर दिएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : २०८३ भदौ ७ गते आइतबार









प्रतिक्रिया दिनुहोस्