२०८३ साउन १४ , बिहीबार (2026 Jul 30, Thursday)

दीपक मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर



काठमाण्डाैं – सर्वोच्च अदालतले गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ ‘दीपक मनाङे’लाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ । गुण्डा नाइके चक्रे मिलनको ज्यान मार्ने उद्योग गरेको अभियोगमा मंगलबार सर्वाेच्चका न्यायाधीश नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले यसअघि उच्च अदालत पाटनले गरेको फैसलालाई सदर गरेको हो ।

मनाङेले २०६१ सालमा चक्रे मिलन माथि तरबार प्रहार गरी हात काटेको तर तत्काल अस्पताल पुर्‍याएर हात जोडिएको थियो । जिल्ला अदालत काठमाडौंले घटनालाई कुटपिट भएको ठहर गरी दुई वर्ष जेल सजाय सुनाएकोमा सरकारी वकिलको पुनरावेदनपछि पाटन पुनरावेदन अदालतले २०६९ सालमा गरेकाे पाँच वर्ष जेल सजायको सर्वोच्च अदालतले सदर गरेको हो ।

प्रकाशित मिति : २०८१ कात्तिक २० गते मंगलबार