
दैलेख – जङ्गलमा चट्टयाङ पर्दा दैलेखमा गोठाला गएका पाँच बालबालिका घाइते भएका छन् । भगवतीमाई गाउँपालिकाका–५ साँङ्गखोलाका ती बालबालिकाहरु जङ्गलबाट गाईबस्तु लिएर फर्किदै गर्दा बडलेख नजिक सोमबार अपरान्ह चट्टयाङ लागेर घाइते भएका प्रहरीले जनाएको छ ।
टेलिफोन नेटवर्क समस्याले घाइतेहरुको नाम आइसकेको छैन तर एक जना गम्भीर घाइते र अरु चार जना चाहिँ कम चोट लागेको जानकारी आएको बताउदै उपचारका लागि सदरमुकाम ल्याउदै गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज डीएसपी सुनिल दाहालले जानकारी दिनुभयो ।
प्रकाशित मिति : २०८१ कात्तिक १९ गते सोमबार
प्रतिक्रिया दिनुहोस्