२०८३ जेठ २० , बुधबार (2026 Jun 3, Wednesday)

हँसिया प्रहार गरी छोराको हत्या



साँकेतिक चित्र

दैलेख  – दैलेखमा गए राति आफ्नै बुबाले छोराको हत्या गरेका छन् । जिल्ला सदरमुकाम नारायण नगरपालिका–९ सालखर्कका ७३ वर्षीय कविराज थापाले ४४ वर्षीय छोरा यादव थापाको हत्या गरेको प्रहरीले जनाएको छ ।

पारिवारिक विवादमा कविराजले छोरा यादवको गर्धन, पाखुरा लगायत शरीरका विभिन्न भागमा हँसिया प्रहार गरी घाइते बनाएको उपचारका लागि दैलेख अस्पताल पु¥याउदै गर्दा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक पुष्पराज रोकायले जानकारी दिनुभयो ।

आरोपितलाई गए राति नै नियन्त्रणमा लिइएको र घटनाको प्रारम्भिक अनुसन्धान थालिएको प्रहरी निरीक्षक रोकायले बताउनुभयो । मृतक यादव थापा नेपाली सेनाको सेवानिवृत भएको पहरेदारलाई जानकारी प्राप्त भएको छ ।

 

प्रकाशित मिति : २०८३ जेठ २० गते बुधबार