दैलेख – भैरबी गाउँपालिका–७ गैरासरुका ५६ वर्षीय देबीराम आचार्य सन्तानहरु सबै सकुशल भए यति बेला उनीहरुले कमाउने आफूले सुखसयलसंग बुढ्यौली गफ दिएर बस्ने बसिरहेको हुनुहुन्थ्यो होला । दिनदशाले घेरेको कारण बिलखबन्दमा पर्नुभएको छ ।
२०५४ सालमा जन्मेको दृष्टिविहीन जेठो छोरा जीवन आचार्य दाङ्गको विशेष शिक्षा अध्ययन गरिहेकै बेला २०७२ सालमा मृत्यू भयो, २०५४ वैशाखमा जन्मेको माइलो छोरा बालकृष्ण आचार्य पनि १७ वर्षको उमेरमा १० कक्षा पढ्दै गर्दा २०७४ फागुन २९ गते अकालमै ज्यान गयो ।
अहिले ३२ वर्ष नाघेकी जेठी छोरी विवाहवारी गरी आफ्नो घरधन्दा धानेकी छिन् । देबीरामकी श्रीमती थुमा आचार्य उमेरले ५० नाघेपछि उसै पनि जाँगर कम चल्छ त्यस माथि स्मरण शक्ति सिथिल्ताले घर व्यवहार धान्न समेत देबीरामले नै अभिभारा बहन गरिरहन परेको छ ।
जीवनको उत्तरार्ध समय २०७७ चैत १ गते कान्छो छोरा अमृत आचार्य जन्मेपछि यसअघि जवान भइसकेका दुई छोरा गुमाउनुको पींडा भुलाउने र जीवनको सहारा होला भन्ने आशा जगायो । अमृत २ वर्षको हुँदा ब्लड क्यासरले ग्रस्त पारेको थाहा भयो, त्यसपछि देबीरामका दशा लागे ।
ब्लड क्यान्सर जस्तो गम्भीर रोग लागेको थाहा पाएपछि सक्दो छिटो उपचारको कोशिसमा देबीरामले तीन वर्षमा ६० लाख रुपैंयाँ खर्च गरिसक्नुभयो तर छेउ लागेको छैन । भएभरको सम्पति बेचबिखन गरेर त्यति धेरै खर्च गरी उपचार गराउँदा २० को १९ भयो तर निको भएको छैन ।
कठमाण्डौंमा नियमित डायलासिस र थप उपचारको क्रम अझैं २ वर्षसम्म जरुरी पर्ने चिकित्सकहरुको सल्लाह छ, रकमको हिसावले पनि ७०–८० लाख खर्च लाग्नसक्ने स्वास्थ्यकर्मीहरुको अनुमान छ । सबै सम्पति उपचारमै लगाइसक्नु भएका देबीराम अहिले बिलखबन्दमा पर्नुभएको छ ।
न आफूसंग सम्पति छ, न कोही कमाएर जोहो गर्ने साथमा छन् न त अरु विकल्प । छोराको उपचार कसरी गर्ने बिलखबन्दमा पर्नुभएको छ देबीराम । उपचार सहयोग संकलन गर्न विरामी छोराकै नाममा काठमाण्डौंको महाराजगञ्जस्थि राष्ट्रिय बाणिज्य बैंकमा खाता पनि खोल्नुभयो तर कसैबाट सहयोग जुटेको छैन ।
बिरामी छोराकै स्याहारसुुसारमा समय दिनुपरेको कारण कठिन अवस्थाका विरामीहरुलाई खर्च सहयोग जुटाउने अभियन्ता कहाँ जाने माध्यम पनि उहाँले पत्ता लगाउन सक्नुभएको छैन । छोरालाई बचाउन सक्न पाए गिट्टी कुटेर खान्थ्यौं, छोरालाई बचाइदेऊ भगवान भनेर इश्वरसंग पुकारा गरिरहनुभएको छ देबीरामले ।











प्रतिक्रिया दिनुहोस्