काठमाण्डौं – प्रतिनिधिसभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी २५ वर्षीया रुबीकुमारी ठाकुर निर्वाचित हुनुभएको छ । शुत्रबार भएको मतदानबाट उहाँ उपसभामुखमा निर्वाचित हुनुभएको हो । नेपालको संसद्ले इतिहासकै उहाँ कान्छी उपसभामुख बन्न सफल हुनुभएको छ ।
बैठकमा २५७ जना सांसद उपस्थित भएकोमा ठाकुरको पक्षमा २२९ मत खसेको सभामुख डीपी अर्यालले जानकारी दिनुभयो । खसेको मत मध्ये रास्वपा, कांग्रेस, नेकपाका सांसदले ठाकुरलाई २१५ मत दिएका र उहाँकी प्रतिस्पर्धी राप्रपाकी सरस्वती लामाले राप्रपाका ५ जना साँसद मत दिनुभएको थियो ।
उपसभामुख निर्वाचित भए लगतै शुक्रबार नै राष्ट्रपति रामचन्द्र पौडेलले औपचारिक रुपमा सिलत निवासमा पद तथा गोपनीयताको सपथ गराउनुभएको थियो । पद तथा गोपनीयताको सपथ लगतै शुक्रबार नै उपसभामुखमा रुबीकुमारी ठाकुरले संसद भवन पुगेर पद वहाली गर्नु भएको थियो ।









प्रतिक्रिया दिनुहोस्