सुरक्षा निकायका प्रमुखसँग भएको लामाे छलफलमा प्रहरीले मागे अनुसार गृहमन्त्री सुदन गुरुङले आधिकारिक रुपमा लिखित आदेश दिएपछि ओली र लेखकलाई गिरफ्तार गरेकाे हाे ।
गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगले अध्ययन गरेर सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई फागुन २४ गते प्रतिवेदन बुझाएको थियो ।
प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेर पनि सुशील कार्की नेतृत्वको सरकारले आधिकारिक रुपमा सार्वजनिक नगरेपछि प्रतिवेदनकाे अंश आमसञ्चार माध्यममा सार्वजनिक भएकाे थियाे ।
प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन प्रहरी प्रमुख चन्द्रकुवेर खापुङलाई फौजदारी कसुरमा अनुसन्धान अघि बढाउन सिफारिस गरिएको थियो ।
नयाँ सरकारले पहिलो बैठकले जेन्जी आन्दोलनमा दाेषी देखिएका सुरक्षा अधिकारीकाे हकमा छुट्टै छानबिन समिति गठन गरी साेकाे आधारमा कारवाही गर्ने र अरुलाई तत्काल कारवाही चलाउने निर्णय गरेकाे थियाे ।








प्रतिक्रिया दिनुहोस्