काठमाण्डौं – प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आज भएको कार्यक्रममा केसीले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । ज्येष्ठ सदस्यले सपथ लिई अरु सदस्यहरुलाई सपथ गराउने संविधानमा व्यवस्था छ ।
फागुन २१ गते सम्पन्न निर्वाचनमा प्रतिनिधिसभामा प्रत्यक्षबाट १६५ र समानुपातिकबाट निर्वाचित ११० जना समेत २७५ जना साँसद मध्ये ज्येष्ठ सदस्य ७८ वर्षीय केसीलाई सपथ गराइएको हो । सपथपछि भोलि प्रतिनिधिसभाको पहिलो बैठकमा सभामुखका भूमिकासंगै प्रतिनिधिका अरु सदस्यहरुलाई सपथ गराउनु हुनेछ ।
केसी २००४ असोज ११ गते नुवाकोटमा जन्मिनुभएको हो । पञ्चायतकालमै काँग्रेसको राजनीतिकमा लाग्नभएको कारण ६ वर्षभन्दा लामो समय जेल बस्नुभएको थियो ।त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र नेपाल ल क्याम्पसबाट बिएल गर्नुभएका केसीले कानून व्यवसायी अधिवक्ता र त्रिभुवन विश्वविद्यालयमा राजनीतिशास्त्रका प्राध्यापक पनि गर्नुभएको थियो ।
२०३६ को जनमत संग्रहपछि २०३७ सालपछि केसी पञ्चायत प्रवेश गरेर राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित हुनुभएको थियो । त्यसबेला स्वास्थ्य राज्यमन्त्री बन्नुभएको थियो । २०४६ सालको जनआन्दोलनले बहुदलीय व्यवस्था पुनस्र्थापना गरेपछि उहाँ फेरि नेपाली कांग्रेसको खुला राजनीतिमा जोडिनुभएको थियो ।
त्यसयता २०४८, २०५१, २०७० र २०७९ को चुनावबाट उनी प्रतिनिधिसभा सांसद बन्नुभएका केसी २०५२ मा स्वास्थ्य मन्त्री, २०५६ मा भौतिक पूर्वाधार मन्त्री, २०५६ मा शिक्षामन्त्री र २०६३ मा सहरी विकास मन्त्री बन्नुभएको थियो । उहाँ कांग्रेसकाे सहमहामन्त्री, प्रवक्ता, केन्द्रीय सदस्य र विदेश विभाग प्रमुखकाे जिम्मेवारी समेत सम्हाल्नु भएकाे थियाे।










प्रतिक्रिया दिनुहोस्