२०८३ जेठ २६ , मंगलबार (2026 Jun 9, Tuesday)

निर्वाचित साँसदको निर्वाचन खर्च १५ लाख नजिक



दैलेख – प्रतिनिधिसभा निर्वाचन २०८२ मा प्रत्यक्ष तर्फ निर्वाचित कर्णाली प्रदेशकै एक मात्र महिला दैलेख क्षेत्र नं. १ की साँसद बासना थापाले झण्डै १५ लाख नजिक खर्च भएको विवरण बुझाउनुभएको छ । निर्वाचन आयोगले दैलेखका लागि तोकेको २९ लाख खर्च दायराको आधा १४ लाख ८९ हजार ९ सय ५५ रुपैयाँ खर्च भएको विवरणमा जनाइएको छ ।

नवनिर्वाचित साँसद थापाले निर्वाचन कार्यालय दैलेखमा बुझाउनुभएको निर्वाचन खर्च विवरणमा महिलाले पाउने ५० प्रतिशत सहुलियत दरमा उम्मेदवारी शुल्क ५ हजार रुपैंयाँ, व्यानर छपाई २५ हजार ५ रुपैंयाँ, झण्डा एवम् प्रचार सामग्रीको ३५ हजार ५ सय ५० र रेडियोमा जिंगल बजाएको ४० हजार र सबै भन्दा धेरै गाडी भाडा तथा इन्धन ३ लाख ९२ हजार रुपैंयाँ खर्च भएकाे जनाउनुभएकाे छ ।

दैलेखका २ वटै निर्वाचन क्षेत्रका २१ जना उम्मेदवार मध्ये ६ जनाले निर्वाचन खर्चको विवरण बुझाएका जिल्ला निर्वाचन अधिकारी नरबहादुर सलामीले बताउनुभयो । निर्वाचन आयोगले संसदीय निर्वाचन र स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएका सबै उम्मेदवारले मत गणना अन्तिम परिणाम घाेषणा भएको १ महिनाभित्र निर्वाचन खर्च विवरण बुझाउनुपर्ने कानूनी व्यवस्था छ ।

प्रकाशित मिति : २०८२ फागुन २८ गते बिहीबार