२०८३ जेठ २६ , मंगलबार (2026 Jun 9, Tuesday)

१२ वर्षीया बालिका काकाबाट बलात्कृत



दैलेख – दैलेखको एक गाउँमा १२ वर्षीया बालिका काकाबाट बलात्कृत भएकी छिन् । बलात्कृत बालिका गर्भवती भएको थाहा पाएपछि घटना जानकारी आएको हो । आरोपित काकालाई प्रहरीले पक्राउ गरी कानूनी प्रक्रिया थालेको दैलेखका प्रहरी इञ्चार्ज डीएसपी गणेशबहादुर बरालले जानकारी दिनुभयो ।

माघ १२ गते जोरजुलुम गरी बलात्कार गरेको पीडित बालिकाले बताएकी छिन् । मुलुकी अपराध सहिंता २०७४ को दफा २१९ को उपदफा ३ (ख) अनुसार दोषी ठहर भए १८ देखि २० वर्ष कैद र दफा २२० को उपदफा २ (ग) अनुसार हाडनाताको ३ देखि ६ वर्षसम्म थप कैद हुने कानूनी व्यवस्था छ ।

महिला र बालिका माथि हुने हिंसा विरुद्ध आवाज उठाउने अन्तरराष्ट्रिय महिला दिवसको अघिल्लो दिन फागुन २३ गते सुर्खेतको गुर्भाकोट नपा-६ की १६ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनाले स्तव्ध बनाएकै समयमा दैलेखमा काकाबाट बलात्कृत १२ वर्षीया बालिका गर्भवती समेत भएको खुलेको हो ।

प्रकाशित मिति : २०८२ फागुन २६ गते मंगलबार