दैलेख – प्रतिनिधिसभा सदस्य पदका लागि बिहीबार भएको मतदानमा दैलेखका दुई वटै निर्वाचन क्षेत्रकामा गरी ८० हजार ३ सय ९० मत खसेको छ । जिल्लाभरका १ लाख ६१ हजार २ सय ४ मतदातामा सरकारी कर्मचारी, सुरक्षाकर्मी र कैदीबन्दी समेत थप १ हजार ५ सय ८६ थपिएका अस्थायी मतदाता समेतको संख्यामा खसेको मत ४९ दशमलव ३८ प्रतिशत मत खसेको छ ।
मुख्य निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेका अनुसार दैलेख क्षेत्र नं. १ मा ४१ हजार ६९ मत अर्थात ५० दशमलव ५२ प्रतिशत र दैलेखको निर्वाचन क्षेत्रनं. २ मा ३९ हजार ३ सय २१ जना मतदाताले मतदान गरेका छन्, क्षेत्र नं. २ मा खसेको मतको प्रतिशत ४८ दशमलव २४ प्रतिशत मतदाता मतदानमा सहभागी भएका छन् । बिहीबार राति मतपेटिकाहरु संकलन भइसक्ने बताइएको छ ।
फागुन १७ गते मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बसेको राजनीतिक दल र उम्मेदवार समेतको उपस्थितिमा मतगणना कार्य फागुन २२ गते विहान ७ बजेदेखि थालनी हुने निर्णय भए अनुसार शुक्रबार विहान क्षेत्र नं. १ को दैलेख जिल्ला अदालत र क्षेत्र नं. २ मा दुल्लू नगरपालिका कार्यालयमा मतगणना कार्य थालनी हुने मुख्य निर्वाचन अधिकृत पाण्डेले जानकारी दिनुभयो ।









प्रतिक्रिया दिनुहोस्