२०८३ भदौ २९ , सोमबार (2026 Sep 14, Monday)
आचार सहिंता उलंघन गरेकाे आराेप

रास्वपा उम्मेदवारलाई स्पष्टीकरण



दैलेख – दैलेख सदरमुकाममा मोटर साइलक र्‍याली निकाली निर्वाचन आचार सहिंता उलंघन गरेकाे भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई निकालेको विषयमा आचार सहिंता अनुगमन समितिले स्पष्टीकरण मागेको छ । सो पार्टीका उम्मेदवार नन्दकिशोर बस्नेत फोर्ड गाडीमा सवारसंगै जिल्ला सदरमुकाममा आज दिउँसो मोटरसाइकल र्‍याली निकालिएको थियो ।

राष्ट्रयि स्वतन्त्र पार्टीको जिल्ला कार्यालय रहेको काँडाचौरबाट राजमार्गको बाटो हुँदै ठालुडाँडा पुग्दा प्रहरीले आचार सहिंता मिच्ने काम भएको भन्दै मोटरसाइकलमा लगाइएका झण्डा हटाउनुसंगै सचेत गराएर तितरवितर गराइएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिनुभयो ।

दैलेख सदरमुकाममा मोटर साइलक र्‍याली निकालेको विषयमा आचार सहिंता अनुगमन समितिले राष्ट्रयि स्वतन्त्र पार्टीका दैलेख-१ का उम्मेदवार नन्दकिशोर बस्नेतलाई २४ घण्टाभित्र लिखित स्पष्टीकरण मागेको छ । रास्वपाका जिल्ला अध्यक्ष मीत्र प्याकुरेलले कोणसभा जान लाग्दा युवाहरुले थाहा नपाएर झण्डा हाल्ने गल्ती काम भएको प्रतिक्रिया दिनुभयो ।

प्रकाशित मिति : २०८२ फागुन १७ गते आइतबार