दैलेख – कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालयका कानून सचिव निधिराज न्यौपानेले पत्रकारहरु मिथ्या सूचनाबाट सचेत रहन आग्रह गर्नुभएको छ । नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समिति र कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालयको आयोजना सुर्खेतमा सुरु भएको २ दिने मिथ्या सूचना पहिचान र प्रतिकार विषयमा पत्रकारहरुका लागि भएको २ दिने तालिम शुभारम्भ कार्यक्रममा उहाँले सो विचार राख्नुभएको हो ।
कानून सचिव न्यौपानेले पत्रकारहरुले सूचना श्रोतलाई रामरी जाँचेर मात्र सूचना प्रवाह गरेमा नागरिकले सत्य समाचार पढ्न र देख्न पाउने भएकोले पत्रकारहरु मिथ्या सूचनाबाट सचेत रहन आग्रह गर्नुभयो । उहाँले निर्वाचनको अगाडि यो तालिम पत्रकारहरुका लागि उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । तालिम प्रशिक्षक उमेश श्रेष्ठले मिथ्या सूचनाबाट पत्रकारहरु सचेत रहन बढी अन्तरक्रियात्मक बनाउन बताउनुभयो ।
नेपला पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य दिपेन्द्र शर्माले युट्युव, फेसबुक लगायतका सामाजिक सञ्जाल प्रयोगकर्ताले मिथ्या सूचना रोकथाम गर्ने पत्रकारहरुले धेरै अपजस खेप्नुपरेको बताउनुभयो । सामाजिक सञ्जाल प्रयोगकर्तासम्म पुग्ने गरी यस्तो तालिम डिजिटल प्लेटफर्ममा आवद्ध पत्रकारहरुका लागि तालिम सञ्चालन गर्न नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिलाई सुझाव दिनुभयो ।
महासंघका कर्णाली प्रदेश समितिका अध्यक्ष बिष्णुप्रसाद शर्माको अध्यक्षतामा भएको तालिम शुभारम्भ कार्यक्रममा महासंघका उपाध्यक्ष लक्ष्मण केसी, महासचिव खगेन्द्र भट्टराई, कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालयका अधिकृत उत्तम गौतमले स्वच्छ, निष्पक्ष व्यवसायिक पत्रकारिताका लागि पत्रकारहरुका लागि मिथ्या सूचनाबाट सचेत रहनुपर्ने आवश्यकता र औचित्य बारे प्रकाश पार्नुभएको थियो ।










प्रतिक्रिया दिनुहोस्