२०८१ चैत २६ , मंगलबार (2025 Apr 8, Tuesday)

काभ्रेमा एक महिला मृत फेला



साँकेतिक तस्बिर

काभ्रे – रोशी गाउँपालिका–३ भन्ज्याङ गाउँमा एक महिला मृत फेला पर्नुभएको छ । मृत फेला पर्ने सोही ठाउँकै ६६ वर्षीय माइली लामा भएको जिल्ला प्रहरी कार्यालय काभ्रेको प्रमुख एसपी बसुन्धरा खड्काले जानकारी दिनुभयो ।

शुक्रबार साँझ आफ्नै घरमा टाउकोमा चोट लागेको अवस्था मृत फेला परेको उहाँले बताउनुभयो । घटनाको प्रारम्भिक अनसन्धानमा महिलाको हत्या भएको हुन सक्ने आशंका गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ कात्तिक १७ गते शनिबार