दैलेख – कर्णाली प्रदेशका प्रहरी इञ्चार्ज डीआईजी जयराज सापकोटाले निर्वाचन निष्पक्ष र धाँधली रहित बनाउन आिमसञ्चार माध्ययमहरुको सहयोग माग्नुभएको छ । नयाँ जिम्मेवारीमा आएपछि प्रदेश राजधानी वाहिरको पहिलो जिल्ला भ्रमणको क्रममा दैलेख सदरमुकाममा शुक्रबार पत्रकारहरुसंगको अन्तरक्रियामा आमसञ्चार माध्ययमले सकारात्मक सन्देश प्रवाह गर्न आग्रह गर्नुभयो ।
राजनीतिक दल, उम्मेदवार, कर्मचारी, सुरक्षाकर्मी जस्तै आमसञ्चार माध्ययमले प्रवाह गर्ने श्रव्य, दृश्य सामग्री र समाचारहरुका आधारमा नागरिकहरुले धारणा बनाउने भएकोले शान्त, मर्यादित र निष्पक्ष निर्वाचन गराउन सरकारी तहबाट भइरहेको प्रयासहरुको सकारात्मक सन्देश प्रवाह गर्न र कमीकमजोरी देखिएको अवस्थामा सुझाव दिन डीआईजी सापकोटाले सुझाव दिनुभयो ।
निर्वाचन सुरक्षा अवस्था अनुगमन गर्ने क्रममा यही रुटमा कालिकोट, जुम्ला र मुगु समेतको यात्रा तय गर्नु भएका डीआईजी सापकोटाले दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी कैलाश ठकुराठी समेतका सुरक्षा अधिकारीहरुसंग जिल्लाका मतदान केन्द्रहरुको सुरक्षा सम्वेदशीलता, राजनीतिक दल र नागरिक समाजसंगलाई संयमित बनाउन समन्वय विषयमा उहाँले छलफल गर्नुभएको थियो ।










प्रतिक्रिया दिनुहोस्