२०८३ वैशाख १७ , बिहीबार (2026 Apr 30, Thursday)

बैतडी दुर्घटनामा मृत्यू हुनेको संख्या १३ पुग्यो



बैतडी – जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यू हुनेको संख्या १३ पुगेको र ३४ जना घाइते भएका प्रहरीले जनाएको छ । बैतडीको पुर्चौडी नगरपालिका–७ भौनीबाट बेहुली लिएर बझाङको सुनकुडातर्फ फर्किंदै गरेको बस पुर्चौडी–७ कै बडगाउँ घुम्तीमा बिहीबार साँझ दुर्घटना भएको थियो ।

दुर्घटनामा केशवराज जोशी, अशोकराज जोशी, वसन्त जोशी, विष्णुदत्त जोशी, नरेशराज जोशी, मोहनदेव भट्ट, वसन्तराज रतला, पुष्पा अवस्थी, विसनदत्त जोशी, दिपकराज जोशी, किसनदत्त जोशी, केशवराज भट्ट र सुशिल जोशीको मृत्यू भएको बैतडी प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ०२-००१ ख १११९ नम्बरको बस नगरपालिका–७ को बडगाउँ मोडमा पल्टिएको हो । उकालो सडकमा अत्यधिक भारका कारण बस दुर्घटनामा परेको हुनसक्ने प्रहरीको अनुमान छ । घाइतेहरुको स्थानीय अस्पताल, जिल्ला अस्पताल र डडेलधुरामा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०८२ माघ २३ गते शुक्रबार