सर्लाही – बरहथवा नगरपालिका–७ किसुन दासको घरमा नरेश साहले चलाउँदै आएको किराना पसलमा गएराति आगलागी भएको छ । इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिनुभयो ।
आगो सुरक्षाकर्मी, स्थानीयबासिन्दा र हरिवन नगरपालिकाको दमकलको सहयोगमा दुई घण्टाको प्रयासमा निभाइएको तर क्षतिको विवरण लिने काम भइरहेको प्रहरीले जनाएको छ । के कसरी आगलागी भएको भन्ने खुल्न सकेको छैन ।
प्रकाशित मिति : २०८१ कात्तिक १७ गते शनिबार
प्रतिक्रिया दिनुहोस्