२०८३ वैशाख १७ , बिहीबार (2026 Apr 30, Thursday)

निर्वाचनका सुरक्षार्थ सेना परिचालन हुदै



काठमाण्डौं – फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पर्सि माघ २१ गते बुधबारदेखि नेपाली सेना परिचालन हुने भएको छ । एकीकृत निर्वाचन सुरक्षा योजना २०८२ अनुसार सेना २१ माघदेखि परिचालन हुन लागेको नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले जानकारी दिनुभयो ।

‘हाम्रोतर्फको सम्पूर्ण तयारी पूरा भएको छ । २१ माघबाट निर्वाचन पूर्वको सुरक्षा रणनीतिअनुसार सेना फिल्डमा खटिन्छ’ सहायक रथी बस्नेतले पहरेदारसँग भन्नुभयो पेट्रोलिङ गर्ने संवेदनशील क्षेत्र तथा मतदानस्थलहरुको अवस्था हेरेर संयुक्त गस्ती समेत गरिनेछ । निर्वाचन सुरक्षाका निम्ति यसो गरिनेछ ।

‘संवेदनशीलताका आधारमा सेनाले गस्ती छ । निर्वाचन अधिकृत, नेपाल प्रहरी, सशस्त्र प्रहरीसँगको समन्वयमा तेस्रो घेरामा रहेर सेनाले ड्युटी गर्छ’ सहायक रथी बस्नेतले बताउनुभयो । सेनाले एकीकृत निर्वाचन सुरक्षा योजना बनाउने, त्यसअनुसार एकीकृत तालिम तथा अभ्यास समेत गरिसकेको छ ।

केन्द्रीय सुरक्षा समिति बैठकले गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा एकीकृत निर्वाचन सुरक्षा योजना २०८२ तर्जुमा गर्नका लागि कार्यदल गठन गरेको थियो । यो कार्यदलले ३० कात्तिकमा गृहमन्त्री ओमप्रकाश अर्याल संयोजक रहेको केन्द्रीय सुरक्षा समितिमा बुझाएको प्रतिवेदन पास भएको थियो ।

प्रकाशित मिति : २०८२ माघ १९ गते सोमबार