काठमाण्डौं – चलचित्र पत्रकार सङ्घका पूर्व केन्द्रीय अध्यक्ष पत्रकार दिनेश सिटौलाको ब्रेन ह्यामरेज उपचारकाे क्रममा काठमाण्डौंको ग्रान्डी अस्पतालको भेन्टिलेटरमा निधन भएको छ ।
उपचारकै क्रममा डाक्टरले आज दिउँसो पौने १ बजे ४५ वर्षीय सिटौलालाई मृत घोषणा गरेका हुन् । ग्रान्डी अस्पतालले विज्ञप्ति निकालेर उहाँको निधन भएको जानकारी गराएको हाे ।
रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको चुनावी अभियानका क्रममा सिटौला अछाम पुगेको बेला एक्कासी बेहोस भएर ढलेपछि अस्ति शुक्रवार हेलिकप्टरमार्फत काठमाण्डौं ल्याई उपचार थालिएको थियो ।
प्रकाशित मिति : २०८२ माघ १८ गते आइतबार









प्रतिक्रिया दिनुहोस्