दैलेख – नेपाल बार एशोसियशन दैलेख शाखाका पूर्वअध्यक्ष अधिवक्ता माधवराज अधिकारीको ५३ वर्षको उमेरमा शनिबार राति निधन भएको छ । नारायण नगरपालिका१ देवकोटोचोकस्थित आफ्नै घरमा उहाँको निधन भएको छोरी जुवाई ध्रुवविक्रम थापाले जानकारी दिनुभयो ।
दुई वर्षदेखि बाेनम्याराे रोगबाट ग्रसित अधिकारी घरमै विश्राम गरिरहनुभएको थियो । नेपालगञ्जमा ३ वर्ष पत्रकारिता, पछिलो समय व्यापारमा संलग्न अधिकारी उद्योग बाणिज्य संघ लगायत झण्डै एक दर्जन गैरसरकारी संस्था र सञ्चार माध्यमको कानूनी सल्लाहकार हुनुहुन्थ्यो ।
उहाँका २ छोरी, १ छोरा र १ श्रीमति हुनुहुन्छ । आइतबार दिउँसो उहाँको पार्थिव शरीर श्रीस्थानस्थित आर्यघाटमा दाहासँस्कार गरिएको छ । उहाँको स्मृतिमा दैलेख उद्योग बाणिज्य संघले आइतबार विहानैदेखि दैलेख सदरमुकामका उद्योग, पसल, व्यापारहरु बन्द गराएको थियो ।
प्रकाशित मिति : २०८२ माघ १८ गते आइतबार










प्रतिक्रिया दिनुहोस्