२०८२ चैत २० , शुक्रबार (2026 Apr 4, Saturday)

दलको प्रचार गर्ने शिक्षकलाई स्पष्टीकरण



दैलेख – सामाजिक सञ्जाल फेसबुक मार्फत आफू आवद्ध राजनीतिक दलका उम्मेदवारहरुको पोष्टर अपलोड गरी चुनावी प्रचारप्रसार गरेको आरोपमा दैलेखका एउटा आधारभूत विद्यालयका शिक्षकmलाई निर्वाचन आयोगले स्पष्टीकरण मागेको छ ।

तपाइँले आफ्नो फेसबुक मार्फत राजनीतिक दलका उम्मेदवारहरुको पोष्टर पोष्ट गरी चुनाव प्रचार गरेको विषयमा किन कारवाही नगर्ने ? भनेर निर्वाचन आयोगका कानून अधिकृत मोहनराज जोशीद्वारा हस्ताक्षेरित स्पष्टीकरण पत्रमा लेखिएको छ ।

ती शिक्षकलाई सरकारी कर्मचारीले कुनै राजनीतिक दलको पक्षमा चुनाव प्रचारप्रसार गर्ने कार्य निर्वाचन आचार सहिंता २०८२ को दफा १० को खण्ड (क) आकर्षित भएकोले पत्र पाएको ३ दिनभित्र लिखित स्पष्टीकरण दिन पत्रमा भनिएको छ ।

सरकारी कर्मचारी वा सार्वजनिक पदमा रहेका व्यक्तिले कुनै दल वा उम्मेदवारको प्रचारप्रचार गरेको फेला परे आयोगबाट ती शिक्षकलाई जसरी कारवाही हुने निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले पहरेदारलालाई बताउनुभयो ।

प्रकाशित मिति : २०८२ माघ १६ गते शुक्रबार