२०८३ वैशाख ५ , शनिबार (2026 Apr 18, Saturday)

स्थानीय न्यायिक समितिलाई अभिमुखीकरण



सहजीरण गर्दै जिल्ला न्यायाधीश पाण्डे

दैलेख – कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानले दैलेखका ११ वटै पालिकाका न्यायिक समितिकाका पदाधिकारी र उजुरी प्रशासकहरुलाई न्यायिक कार्य सम्पादन सम्बन्धी दैलेख सदरमुकाममा मंगलबार एक दिने अभिमुखीकरण गरेको छ । दैलेखका ४ नगरपालिका र ७ गाउँपालिकाका न्यायिक समितिका संयोजक, एक जना सदस्य र उजुरी प्रशासकहरुको सहभागिता रहेको थियो ।

उजुरी दर्ता, अनुसन्धान र सुनुवाई प्रक्रिया बारे जिल्ला सरकारी वकील कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता धर्मराज न्यौपाने, स्थानीय सरकार सञ्चालन ऐन २०७४ र न्यायिक समितिको भूमिका विषयमा जिल्ला न्यायाधिवक्ता द्रोणदत्त पौडेल र मुद्दामा मेलमिलाप पद्धति, फैसला लेखन तथा कार्यान्वयन प्रणाली विषयमा जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेले सहजीरण गर्नुभएको थियो ।

कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानले गत शनिबारदेखि सोमबारसम्म नौमूले र गुराँस गाउँपालिकाका १६ वटा वडाका वडाध्यक्ष र वडासचिवहरुलाई अनलाइन प्रणालीबाट व्यक्तिगत घटना दर्ता पञ्जीकरण, सामाजिक सुरक्षा कार्यक्रम अभिलेख व्यवस्थापन र दैनिक प्रशासनिक कामलाई सूचना प्रविधि मैत्री बनाउने विषयमा ३ दिने प्रशिक्षण दिएको लोकप्रसाद ढकालले बताउनुभयो ।

प्रकाशित मिति : २०८२ माघ १३ गते मंगलबार