२०८३ भदौ २८ , आइतबार (2026 Sep 13, Sunday)

समयमा सडक निर्माण गर्न स्थानीयको दवाव



दैलेख – जिल्ला सदरमुकामको महाबु गाउँपालिका जोड्ने ताराघाटदेखि खरिगैरा, टाकुरी हुदै काशिकाँध सडक निर्माण कम्पनीको लापरवाहीले निर्माण कार्य कारी ढिलाई भइरहेको छ । मध्यपहाडी सडक नजिकै ताराघाट जिरो प्वाइण्देखि ६ किलोमीटर कालोपत्रे गर्ने र सडक चौडा गर्ने काम तदारुकता कम देखाएको स्थानीयहरुले दवाव बढाएका छन् ।

२०७९ भदौ ९ गते तीन वर्षमा करिब १९ किलोमीटर यो सडक नयाँ कटिंग सहित चौडा गर्ने र झण्डै ६ किलोमीटर सडक स्लाट ढलान तथा कालोपत्रे गर्ने सम्झौता गरेको पन्त आकृती जेभी गुल्मीले तोकिएको समयमा काम पूरा नगरेपछि गएको भदौमा थप एक वर्ष म्याद थपिंदा समेत जम्मा ४१ प्रतिशत मात्र काम सकेको छ ।

संझौता रकम १६ करोड १४ लाख ८९ हजारमा ४१ प्रतिशत भौतिक प्रगतिको आधारमा झण्डै ३९ प्रतिशत अर्थात ६ करोड ३७ लाख ६८ हजार रुपैंयाँ कम्पनीलाई भुक्तानी दिइएको र पछिल्लो थपिएको म्याद २०८३ भदौ ८ अगावै सक्न भनिएको पूर्वाधार विकास कार्यालय दैलेखका कार्यालय प्रमुख इञ्जिनियर प्रवीण कार्कीले बताउनुभयो ।

सामुदायिक वन क्षेत्रमा केही रुख कटान गर्नुपर्नेमा सामुदायिक वन उपभोक्ता समितिको नवीकरण नभएको कारण रुख कटान रोकिएको, निर्माण सामग्रीको आपूर्तिमा ढिलाई भएको सुनाउदै थपिएको म्यादमा काम सक्ने कोशिस रहेको पन्त आकृती जेभी गुल्मीका साइट इञ्जिनियर निशेत कुमालले पहरेदारलाई बताउनुभयो ।

प्रकाशित मिति : २०८२ माघ ११ गते आइतबार