दैलेख – प्रहरी प्रधान कार्यालयको कार्यतालिका अनुुसार दैलेख प्रहरीले पनि निर्वाचन प्रहरीको भर्ना छनौट आजदेखि थालेको छ । स्वास्थ्य परीक्षण, वेयरिङ र दौड जाँच गरिएकोमा सबैजसो उत्तीर्ण भएका छनौटमा सहभागी जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक पुष्पराज रोकायले बताउनुभयो ।
पुस २५ गतेदेखि एक साता समयमा इलाका प्रहरी कार्यालय राकम, दुल्लू र नौमूलेमा आवेदन दिएका निर्वाचन प्रहरीको छनौट पहिलो दिन जिल्ला सदरमुकामा स्वास्थ्य परीक्षण र वेयरिङ जाँज गरिएको र माघ ६ र ७ गते दुई दिन जिल्ला प्रहरी कार्यालयमा आवेदन दर्ता गराएकाहरुको स्वास्थ्य परीक्षण र वेयरिङ जाँज गरिने बताइएको छ ।
कुनै कारणले आज सोमबार आउन नपाएकाहरुको हकमा माघ ६ र ७ गते पनि स्वास्थ्य परीक्षण र वेयरिङ जाँज गर्न सकिने जानकारी दिइएको छ । कार्यतालिका अनुसार स्वास्थ्य परीक्षण र वेयरिङ जाँजमा उत्तीर्ण भएका माघ ८ गते नतिजा प्रकाशन गरिने र ९ गते उनीहरुको दैलेख सदरमुकाममै लिखित परीक्षा लिइने, ११ गते अन्तरवार्ता र १२ गते अन्तिम नतिजा निकालिने छ ।
माघ १२ गतेको नतिजामा उत्तीर्ण भएकाहरुलाई माघ १५ गतेदेखि आधारभूत तालिममा सहभागी गराइने प्रहरी प्रधान कार्यालयको कार्यतालिकामा उल्लेख छ । दैलेखमा १५ सय ५७ जना निर्वाचन प्रहरी भर्ना गराइने योजना रहेकोमा १९ सय ४९ जनाको आवेदन परेको दैलेखका प्रहरी इञ्जार्ज डीएसपी गणेशबहादुर बरालले पहरेदारलाई बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्