बुटवल – नेकपा एमाले केन्द्रीय निर्वाचन कमिटी सदस्य खुमाकान्त पौडेलले पार्टी परित्याग गनुभएको छ । लुम्बिनी प्रदेशकै स्थापित कानून व्यवसायीे पौडेल रुपन्देही क्षेत्र नं २ अन्तर्गत तिलोत्तमा नपा ३ का बासिन्दा हुनुहुन्छ । राजीनामापछि स्वतन्त्र बस्ने पहरेदारलाई बताउनुभयो ।
पछिल्लो समय पार्टीमा मौलाएको अधिनायकवाद, नातावाद, खोक्रो राष्ट्रवाद, भ्रष्टाचार, गाली बेइज्जती संस्कृति, मोलाहिजा र गुटगत मोविज्ञानसँग सहमत हुन नसकेर पार्टी परित्याग गरेको कुरा पार्टीका रुपन्देही जिल्ला अध्यक्ष यज्ञ गैरेलाई लिखत राजीनामा बुझाउनुभएको छ ।
एमाले नेता लिला गिरी प्रदेशको मुख्यमन्त्री हुँदा उहाँ लुम्बिनी प्रदेश सरकारको मुख्य न्यायाधिवक्ता हुनुहुन्थ्यो । पौडेल तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ रुपन्देहीका अध्यक्ष, तीन कार्यकाल एमाले रुपन्देहीका सचिवालय सदस्य, इलाका र क्षेत्रीय कमिटी सदस्य रहेका थिए ।









प्रतिक्रिया दिनुहोस्