दैलेख – जिल्ला प्रहरी कार्यालय दैलेखले २०८२ को पुस महिना अवधिमा कार्यालयले सम्पादन गरेका कामहरु बारे जानकारी गराउन शुक्रबार नियमित मासिक पत्रकार भेटघाट गरेको छ । प्रहरीका क्रियाकलापहरु पारदर्शी बनाउन पत्रकार भेटघाट कार्यक्रम गरिएको दैलेखका प्रहरी इञ्चार्ज डीएसपी गणेशबहादुर बरालले बताउनुभयो ।
दैलेख प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक केन्द्रमा घरेलु हिंसा ६, सामाजिक अवहेलना ४ वटा उजुरी आएकामा छलफलबाट सबैजसो मेलमिलाप भएका, सवारी दुर्घटना ११ वटा भएका तर कसैको ज्यान नगएको, प्रहरीका ग्रामीण क्षेत्रका युनिटबाट १२ सय ४९ सामुदायिक सचेतना कार्यक्रम गरिएको बताइएको छ ।
ज्याला ठगेको, गाउँबस्तीका झैगडा लगायतका विवाद बारे प्रहरीमा पुस महिना भरी आएका २२ ठाडो उजुरीमा छलफलबाट विवाद समाधान गरिएको, कार्यालयले गरेको कामप्रति जनमानसको बुझाई र सुधार ल्याउनुपर्ने विषयमा सुझाव माग्न पुुस २३ गते दैलेख सदरमुकाममा सार्वजनिक सुनुवाई गरिएको जानकारी दिइएको थियो ।
कार्यक्रममा पत्रकारहरुले ग्रामीण सडकहरुमा रुटपरमिट नभएकोले प्रदेश सरकारसंग समन्वय गर्नुपर्ने, निर्वाचन सुरक्षामा ध्यान केन्द्रित गर्न सुझाव दिएका थिए । उठेको प्रश्नहरुको दैलेखका प्रहरी इञ्चार्ज डीएसपी गणेशबहादुर बराल, प्रहरी निरीक्षक द्वय लक्ष्मण पचभैया र पुष्पराज रोकायले जवाफ दिनुभएको थियो ।










प्रतिक्रिया दिनुहोस्