२०८३ साउन १४ , बिहीबार (2026 Jul 30, Thursday)

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना



दैलेख – फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको कार्यसम्पादन गर्न निर्वाचन आयोगको कार्यसूची अनुसार दैलेखका २ वटै निर्वाचन क्षेत्रका निर्वाचन अधिकृतको कार्यालय स्थापना भएका छन् । जिल्ला सदरमुकाममा मुख्यनिर्वाचन अधिकृत जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेले निर्वाचन आचार सहिंता कडाईका साथ पालना गराइने बताउनुभयो ।

आचार सहिंता पालना गराउने शुन्य सहनशीलता कायम गरिने यसका लागि जनसमुदाय र मिडियाको सहयोगको निम्ति मुख्यनिर्वाचन पाण्डेले आग्रह गर्नुभयो । दैलेख निर्वाचन क्षेत्र नं. २ का निर्वाचन अधिकृत लोकहरी कँडेलले निर्वाचन निष्पक्ष गराउन कर्मचारी परिचालन र सुरक्षा सजगता अपनाइने बताउदै सबैको सहयोगको आग्रह गर्नुभयो ।

दैलेखका प्रमुख जिल्ला अधिकारी आनन्द सारु, नेपाली सेनाका सेनानी सवलजंग शाह, प्रहरी नायव उपरीक्षक गणेशबहादुर बराल, सशस्त्र प्रहरी नायव उपरीक्षक मातृका पौडेल, राष्ट्रिय अनुसन्धानका प्रमुख सुन्दरमणी पोखरेल, नेपाल पत्रकार महासंघका कर्णाली प्रदेश अध्यक्ष बिष्णु शर्मा, जिल्ला अध्यक्ष अमर सुनार लगायतका उपस्थिति थियो ।

प्रकाशित मिति : २०८२ माघ २ गते शुक्रबार