दैलेख – कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगीले कृषि व्यवसायमा आधुनिकीकरण अभिबृद्धि गर्न सहकारी संस्थाहरु जुट्न आग्रह गर्नुभएको छ । बुधबार दैलेख सदरमुकाममा भएको जिल्ला सहकारी संघ दैलेखको १६ औं वार्षिक साधारणसभा तथा ७ औं अधिवेशनको उदघाटन कार्यक्रममा उहाँले सो विचार राख्नुभएको हो ।
सहकारी संस्थाको अवधारणा नै कृषकहरुलाई उपार्जन प्रेरित गर्ने, प्रविधि सिकाउने, उनीहरुको उत्पादनलाई बजार खोज्ने जस्ता मुख्य काम भएकोले सहकारीहरुकै छाता संगठन जिल्ला सहकारी संघको अझैं बढी जिम्मेवारी रहेको उपाध्यक्ष योगीले बताउनुभयो । संघको योजनाको आधारमा प्रदेश योजना आयोगले सहयोग गर्ने वचन दिनुभयो ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका केन्द्रीय सञ्चालक तथा कर्णाली प्रदेश संयोजक हरिहर नाथ योगी, जिसस उपप्रमुख केशव शाही, नारायण नगरपालिकाका उपप्रमुख तप्ताकुमारी थापा, राष्ट्रिय सहकारी बैंक दैलेख शाखा प्रमुख निता थापा, नारायण नगरपालिकाका सहकारी शाखा प्रमुख खमबहादुर थापा लगायतले शुभकामना दिनुभयो ।
जिल्ला सहकारी संघका जिल्ला अध्यक्ष भूपेन्द्रकुमार खड्काको अध्यक्षतामा भएको कार्यक्रममा संघले अघिल्लो आर्थिक वर्ष २०८१/०८२ अवधिमा गरेको कुल ६८ लाख ९४ हजार ५ सय ८० रुपैंयाँ ४५ पैंसा आयव्यय अनुमोदन गर्नुसंगै जिल्ला सहकारी संघको भवन निर्माण गर्ने, सहकारी संस्थाहरुको क्षमता विकास लगायतका कार्ययोजना स्वीकृत गरिएको थियो ।
जिल्लाका सहकारी संस्थाहरुको लेखा प्रणाली अनलाइन प्रणाली राख्ने सीप विकासका लाथि सहकारी सफ्टवय। तालिम दिइएको, विभिन्न स्थानमा ३२ वटा सिचाई पोखरी, ४० वटा प्लासिटक टनेल, ४० गोठ सुधार भकारो, ४० ठाउँमा गड्यौला मल उत्पादन, ४ वटा पालिकामा समन्वय बैठक लगायतका संघले गरेका कामहरु बारे जानकारी गराइएको थियो ।










प्रतिक्रिया दिनुहोस्