दैलेख – ‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग’ नारा सहित ११ औं राष्ट्रिय योग दिवस मनाइएको छ । आयुर्वेद स्वास्थ्य केन्द्र दैलेख र पतञ्जली योग समितिको आयोजनामा बिहीबार दैलेख सदरमुकाममा विहान ५ बजेदेखि करिब २ घण्टा योग अभ्यास, प्रवचन र योग सचेतना प्रभातफेरी गरिएको थियो ।
जिल्ला सदरमुकामको पतञ्जली योग भवनमा दैलेखका प्रमुख जिल्ला अधिकारी आनन्द सारु, प्रशासकीय अधिकृत नृपजंग शाही, आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखका निमित्त कार्यालय प्रमुख रिताकुमारी शाही र पतञ्जली योग समितिका पदाधिकारी तथा योगिकहरु समेत करिब २ घण्टा लामो योग अभ्यासमा सहभागी हुनुहुन्थ्यो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सारुले शारीरिक तन्दुरुस्ती, मानसिक शान्ति र सामाजिक सदभाव अभिबृद्धि गराउने भएकोले योगको प्रचारप्रसार बढाउदै लैजानुपर्ने बताउनुभयो । आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त कार्यालय प्रमुख शाहीले रोगहरुको दिगो समाधान दिने भएकोले आयुर्वेदिक औषधी प्रयोग गर्न आग्रह गर्नुभयो ।
पतञ्जली योग समितिका अध्यक्ष शंकर थापा, महिला समिति अध्यक्ष भगवती थापा, योग साधिका राधा शाही लगायतले योग अभ्यासले दिने प्राप्त हुने स्वस्थता र आत्मसन्तुष्टीको फाईदा बारे प्रकाश पार्नुभयो । आयुर्वेद स्वास्थ्य केन्द्रले मधुमेह, रक्तचाप र सुगरको जाँच तथा परामर्शपछि सदरमुकाममा प्रभातफेरी गरिएको थियो ।












प्रतिक्रिया दिनुहोस्