२०८३ वैशाख १७ , बिहीबार (2026 Apr 30, Thursday)

ज्वालाले साँसद बन्न अछामबाट नयाँ नागरिकता !



काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता मुद्दाको झल्को दिनेगरी रास्वपाकै केन्द्रीय सदस्य ज्वाला संग्रौलाले झापाबाट लिएको नागरिकता त्याग गर्दै अछामबाट नागरिकताको प्रतिलिपि लिएकी छन् ।

रास्वपाकी केन्द्रीय सदस्य ज्वाला संग्रौलाले आफू जसरी भएपनि समानुपातिक सांसद बन्नका लागि पिछडिएको जिल्लाको प्रतिनिधित्व गर्न अछाम जिल्लाबाट नागरिकताको प्रतिलिपि लिएकी हुन् ।

नेपालको नागरिकता त्यागेर अमेरिकाको नागरिता लिएका रविले नेपाल फर्किएर राजनीति गर्दा ठूलो धक्का स्वरुप गृहमन्त्रीसँगै सांसद पद गुमाएका थिए ।

फरक यति छ कि रविले अमेरिकाको सेवा सुविधा लिन नेपालको नागरिकता परित्याग गरेका थिए, ज्वालाले सांसद बन्न झापाबाट लिएको त्यागेर अछामबाट नागरिकताको प्रतिलिपि लिएकी हुन् ।

उनीहरुको समान उदेश्य भनेकै जसरी भएपनि लाभ लिनु रहेको छ । पिछडिएको क्षेत्रबाट समानुपातिक सांसद पक्का गर्न ज्वालाले अछामबाट नागरिकताको प्रतिलिपि लिएकी हुन् ।

पूर्वी नेपालको पाँचथरमा जन्मिएर झापामा हुर्किएकी ज्वालाले १२ वर्षअघि अछाको मंगलसेन नागरपालिका ५ का हिमाल उपाध्यायसँग विवाह गरेकी हुन् ।

त्यसैको आधारमा ज्वालाले वैवाहिक सम्बन्धबाट श्रीमानको नामबाट पूर्णरुपमा अछामकै वासिन्दा बन्नका लागि नागरिकताको प्रतिलिपि निकालेकी हुन् ।

रास्वपाको आन्तरिक चुनावमा पिछडिएको कोटाबाट समानुपातिक सांसदको उम्मेदवारका लागि चुनाव हुँदा सबैभन्दा धेरै मत पाएकी थिइन् । महिला क्लस्टरमा दोस्रो नम्बरमा रहेकी ज्वाला पिछडिएको कोटाबाट भने पहिलो नम्बरमा रहेकी छन् ।

प्रकाशित मिति : २०८२ पुस २४ गते बिहीबार