२०८३ वैशाख १७ , बिहीबार (2026 May 1, Friday)

निर्वाचन प्रहरीको भर्ना खुल्यो



काठमाण्डौं –  प्रहरी प्रधान कार्यालयले आज निर्वाचन प्रहरीको भर्ना खुलाएको छ । ७७ जिल्लामा पुस २५ देखि माघ १ गतेसम्म दरखास्त दिनसक्ने र आवेदक मध्येबाट १ लाख ३३ हजार ९ सय ८० जना निर्वाचन प्रहरीको भर्ना गरिने जनाइएको छ ।

१८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका, सेना-प्रहरीका सेवानिवृत्त, यस अघिका निर्वाचनमा म्यादी प्रहरीमा इमान्दारितासंग काम गरेका, सुरक्षा निकायमा सेवा गर्न रुची भएका शारीरिक तन्दुरुस्त व्यक्तिलाई प्राथमिकता दिइने सूचनामा उल्लेख छ ।

माघ १५ देखि तीन दिनको आधारभूत प्रशिक्षणपछि ४० दिनको नियुक्ति दिई हरेक निर्वाचन प्रहरीले एकमुष्ट ३४ हजार ७ सय ७६ रुपैंयाँ पारिश्रमिक पाउनेछन् । अघिल्लो निर्वाचनमा म्यादी प्रहरी भन्ने गरिएकोमा यस पटक निर्वाचन प्रहरी भनिएको छ ।

प्रकाशित मिति : २०८२ पुस २४ गते बिहीबार