दैलेख – आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखले नौमूलेमा खानपिन, आहारविहार, व्यायाम र स्वस्थ जीवन शैली विषयमा अनुशिक्षण गरेको छ । नौमूले गाउँपालिकाको समन्वयमा बुधबार नौमूले बजारमा आहारविहार र भान्साघर औषधालय नामको कार्यक्रम गरेको हो ।
आफ्नै बारीमा उत्पादन गरेका, वन पैदावरको उपलब्ध हुने अन्न, फलफूल, तरकारी, मसला लगायतका जडिबुटी समेतको उचित उपयोग, ती बस्तुहरुको मात्रा र सेवन विधि विषयसंग नियमित आहारविहार, आहारविहार, व्यायाम र स्वस्थ जीवन शैली विषयमा अनुशिक्षण दिएको थियो ।
नौमूले गाउँपालिकाका अध्यक्ष छविराम सुवेदी, उपाध्यक्ष गंगबहादुर शाही, प्रमुख प्रशासकीय अधिकृत दमन दाहाल, आयुर्वेद स्वास्थ्य केन्द्र दैलेखका कार्यालय प्रमुख डा. यादवप्रसाद उपाध्ययले आहारविहार र भान्साघर औषधालय विषयमा सहजीकरण गर्नुभएको थियो ।
प्रकाशित मिति : २०८२ पुस १६ गते बुधबार









प्रतिक्रिया दिनुहोस्