काठमाण्डौं – जेनजीको नाममासरकारी कार्यालयमा कर्मचारीलाई धम्क्याउने अर्जुनबहादुर शाही फेरि पक्राउ परेका छन् । बैंकिङ कसुर आरोपमा प्रहरीले पक्राउ गरेको हो । उनीविरुद्ध ११ लाखको बैंकिङ कसुर र ८ तोला बराबरको सुन ठगी गरेको आरोप छ ।
उनलाई प्रहरीले काठमाडौंको ठमेलस्थित कालधाराबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिनुभयो । शाही यसअघि पनि विभिन्न अपराधिक मुद्दामा फरार देखिएको भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।
अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का २६ वर्षीय शाहीको टोलीले नागरिक उड्डयन प्राधिकरण, नेपाल वायु सेवा निगमदेखि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमसम्म पुगेर अनुगमन र ज्ञापनपत्रको नाममा धम्क्याएको थियो ।
प्रकाशित मिति : २०८२ पुस १६ गते बुधबार









प्रतिक्रिया दिनुहोस्