२०८३ वैशाख १७ , बिहीबार (2026 May 1, Friday)

संसद पुनःस्थापना रिटहरु एकैसाथ सुनुवाइ हुने



काठमाण्डौं – सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना माग राखी दायर भएका सबै रिटहरु एकैसाथ सुनुवाइ गर्ने भएको छ । सर्वोच्चमा यसअघि कानुन व्यवसायीका तर्फबाट दायर भएका १२ थान रिट र नेकपा एमाले र नेपाली काँग्रसका तर्फबाट दायर भएको रिट विचाराधीन छन् ।

कानुन व्यवसायीले दायर गरेको रिटमा सबै विपक्षीको लिखित जवाफ पेश भइसकेको छ भने एमाले र नेपाली कांग्रेसले दायर गरेका रिटमा लिखित जवाफ आउने क्रम चलिरहेको छ । रिटमा सर्वोच्च अदालतले प्रारम्भिक सुनुवाइपछि राष्ट्रपति, प्रधानमन्त्रीसहितका विपक्षीसँग लिखित जवाफ माग गरेर पुरानो रिट सँगै राख्ने आदेश दिएको छ ।

केपी ओली नेतृत्वको सरकारले सामाजिक सञ्जाल माथि लगाएको प्रतिवन्ध र भ्रष्टाचार रोकथाम सवालमा प्रदर्शन गर्न उत्रेका जेन्जी युवाहरुको २०८२ भदौ २३ गतेको आन्दोलनमा ७६ जनाको हत्या भएको प्रतिसोधमा हिंसा भड्किएपछि विघठित प्रतिनिधिसभा पुनस्र्थापना गराउन काँग्रेस र एमाले तम्सिए पनि अरु दलहरु नयाँ चुनावको पक्षमा छन् ।

जेन्जी आन्दोलनको बलमा २०८२ भदौ २७ गते प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वको सरकारले संसद विघटन र फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन घोषणा अनुसार तयारी चलिरहेको बेला पुनस्र्थापनाको मुद्दाले अन्यौल सिर्जना गरेको छ । क्रान्तिको जनभावना अनुसार नयाँ जनमतका लागि निर्वाचन हुनुपर्ने आमसर्वसाधारणको माग छ ।

प्रकाशित मिति : २०८२ पुस १० गते बिहीबार