२०८३ वैशाख १७ , बिहीबार (2026 Apr 30, Thursday)

फुटसल र व्याटमिण्टन प्रतियोगिता उद्घाटन



दैलेख – नारायण नगरपालिकाले मेयर कप फुटसल र व्याटमिण्टन प्रतियोगिता थालेको छ । बाजागाजा सहित निस्केको ¥यालीले नगर परिक्रमापछि जिल्ला सदरमुकामको नारायण क्याम्पस प्रांगणमा औपचारिक समारोहवीच प्रतियोगिताको उद्घाटन गरिएको छ ।

राष्ट्रियसभाका सदस्य सावित्री मल्ल, कर्णाली प्रदेश सकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, प्रदेशसभाका सामाजि विकास समितिका सभापति पूर्णबहादुर खत्री, नारायण नगरपालिकाका मेयर लोमन शर्माले संयुक्त रुपमा प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।

मेयर कप फुटसलमा नारायण नगरपालिका क्षेत्रका १६ वटा माध्यमिक विद्यालयका विद्यार्थीबीच र व्याटमिण्टन प्रतियोगिता चाहिँ खुला प्रतिस्पर्धा हुने बताइएको छ । आज बिहीबार यी दुवै प्रतियोगिता शनिबार सम्पन्न हुने नगरपालिकाले कार्यसूची तयार पारेको छ ।

प्रकाशित मिति : २०८२ पुस ३ गते बिहीबार