नयाँदिल्ली – नेपाली गीत संगीत मार्फत सामाजिक न्यायमा योगदान गरेको भन्दै गायिका टिका सानुलाई भीम रावल अम्बेड्कर कलाश्री पुरस्कार प्राप्त गर्नुभएको छ । ५४ औं विजय दिवसको अवसरमा शनिवार भारतको राजधानी नयाँदिल्लीस्थित राजेन्द्र भवनमा आयोजित विशेष समारोहमा उहाँहरुलाई यो पुरस्कार दिइएको हो ।
बाबु जगजीवन राम कला, सँस्कृति तथा साहित्य प्रतिष्ठानले आयोजना गरिएको समारोहमा प्रतिषठान संरक्षक डा. एनएस खोबाले नगद पुरस्कार, सम्मानपत्र सहित खादा पहिर्याएर पुरस्कार हस्तान्तरण गर्नुभएको थियो । समाजका लागि काम गरेको भनी दिइएको पुरस्कारले आफूलाई हौसला र जिम्मेवारी बोध भएको टिका सानुले बताउनुभएको छ ।
भारतको संविधान निर्माता तथा दक्षिण एशियामा दलित तथा उपेक्षित समुदायको आत्मसम्मान र न्यायको आन्दोलनका मार्गदर्शक स्वर्गीय डा. भीमराव अम्बेड्करको नाममा स्थापित प्रतिष्ठानले सामाजिक न्यायको निम्ति काम गर्दै आएका दलित अगुवाहरुलाई पनि सम्मान गर्दै आए पनि कलाश्री पुरस्कार पहिलो नेपाली कलाकार टिका सानुलाई दिइएको हो ।
एक दशक लामो साँगितिक यात्रामा टिका सानु लोक गीतमा पारम्गत मानिनुहुन्छ । समाजले पचाउन सक्ने किसिमका शिष्ट र सभ्य शव्द पर्केल्ने लोक दोहोरी गायिका छबिसंगै समाज महिला माथि हुने लैंगिक हिंसा र बिकृति विरुद्ध सचेतनामूलक टेली श्रृंखलाहरुले उहाँको व्यक्तित्वलाई उचाईँमा पुर्याएको छ ।









प्रतिक्रिया दिनुहोस्