२०८३ भदौ २९ , सोमबार (2026 Sep 14, Monday)

प्रेस सेन्टर जापान शाखाद्वारा महासंघका नवनिर्वाचितलाई शुभकामना



जापान – प्रेस सेन्टर नेपाल जापान शाखाले नेपाल पत्रकार महासंघ जापान शाखाको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना ज्ञापन कार्यक्रम गरेको छ । गएको नोभेम्बर २३ तारिख भएको महासंघकाे छैटौँ अधिवेशनको निर्वाचनबाट नयाँ नेतृत्व निर्वाचित समितिलाई शुभकामना कार्यक्रम गरिएकाे हाे ।

नवनिर्वाचित महासंघको जापान शाशाका अध्यक्ष रविन्द्र श्रेष्ठ गोरखाली नेतृत्वको कार्यसमितिलाई आइतबार जापानको राजधानी टोकियोस्थित करूवा कोईवा नेपाली रेस्टुरेण्टमा भव्य समारोहका बिच खादाले बधाई तथा सम्मान गरिएको प्रेस सेन्टर नेपाल जापान शाखाका सचिव विनोद ढकालले जानकारी दिनुभयो ।

नेपाल पत्रकार जापान शाखाका संस्थापक अध्यक्ष तथा प्रेस सेन्टर नेपाल ऐशिया प्रदेश प्रवास समितिका उपाध्यक्ष तिलक मल्लले कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी निकट ऐशिया प्रदेश प्रवास समितिका उपाध्यक्ष डा. भुपालमान श्रेष्ठ, प्रवास समितिका सदस्य हवलचन्द्र लामा, नेपाली जनप्रगतिशील मञ्च जापान समितिका अध्यक्ष मोहन पौडेल समेत सहभागी हुनुभएको थियो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका इञ्चार्ज सालिकराम भण्डारी, नेपाली व्यवसायी संघ जापानका महासचिव वावुराम पौडेल, नेपाली जनप्रगतिशील मञ्च जापानका उपाध्यक्ष श्रवण सत्यल, प्रेस सेन्टर नेपाल जापान शाखाका इञ्चार्ज जिपी लामीछाने, महासंघ जापान शाखाको नवनिर्वाचित कार्यसमितिका पदाधिकारी सदस्यहरू लगायत प्रेस सेन्टर निकट नेता कार्यकर्ताको उल्लासमय उपस्थिति थियो ।

कार्यक्रमा अतिथिहरुले पत्रकारिता पेशा सधै स्वतन्त्र र निष्पक्षता सहित फराकिलो हुनु पर्नेमा जोड दिइएको । प्रेस सेन्टर नेपाल जापान शाखाका अध्यक्ष सन्दिप सुनारको अध्यक्षतामा सम्पन्न भएको बधाई ज्ञापन तथा शुभकामना कार्यक्रमको सेन्टरका नेता विमल श्रेष्ठले सञ्चालन गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८२ मंसिर २९ गते सोमबार