काठमाण्डौं – लुम्बिनी लायन्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जितेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको उपाधि भिडन्तमा सुदूरपश्चिम रोयल्यमाथि ६ विकेटको सानदार जित निकाल्दै लुम्बिनी दोस्रो सिजनको एनपिएलको च्याम्पियन बनेको हो ।
बाहिरिने पहिलो टोली बनेको लुम्बिनीले दोस्रो सिजनमा भने उपाधि जित्न सफल भएको हो। यो सिजन पनि लुम्बिनी कुनै समय बाहिरिने संघारमा थियो । पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले पराजित गरेपछि लुम्बिनी लगातार तीन खेलमा हारेको थियो ।
लुम्बिनीले दोस्रो खेलमा कर्णालीसँग ९ विकेट, तेस्रो खेलमा काठमान्डुसँग २२ रन र चौथो बेलमा सुदूरपश्चिमसँग ७ विकेटको पराजय भोगेको थियो । त्यसपछि एक हारले उसको यात्रा सकिने अवस्था थियो। तर उसले त्यसपछि लिग चरणमा पोखरालाई विकेट, विराटनगरलाई ५ विकेट र जनकपुरलाई ४ विकेटले पराजित गरेर अंक तालिकामा चौथो बनेर प्लेअफमा स्थान बनायो।
एलिमिनेटमा लुम्बिनीले काठमान्डुलाई ४ विकेटले हराएर दोस्रो क्वालिफायरमा स्थान बनायो। यस्तै दोस्रो क्वालिफायरमा पनि उसले विराटनगरलाई ४० रनले हराएर फाइनलमा स्थान बनाएको थियो । फाइनलमा पनि सुदूरपश्चिममाथि जित निकालेर उपाधि जितेर एउटा उत्कृष्ट पुनरागमन गरेको लुम्बिनीले लगातार तीन खेलको पराजय पछि लगातार ६ खेलमा जित निकाल्दै उपाधि जित्यो ।









प्रतिक्रिया दिनुहोस्