२०८२ मंसिर २२ , सोमबार (2025 Dec 8, Monday)

डिजिटल हिंसा विरुद्ध आवाज उठाउँदै युवाहरू



सुर्खेत — प्रविधि–सहायित लैंगिक हिंसा र डिजिटल सुरक्षा बारे सुर्खेतका युवाहरुले सडक नाटक प्रदर्शन । लैंगिक हिंसा विरुद्ध १६ दिने अभियानको अवसर पारेर युवाहरुले प्रविधिको उचित प्रयोगले प्राप्त हुने सहजता र दुरुपयोगले पारेका नकारात्मक असर बारे सडक नाटक देखाइएको थियाे ।

सशक्त महिला, समृद्ध नेपाल (इडब्लुपीएन) कार्यक्रम अन्तर्गत सोसेक नेपालको सहकार्य तथा कर्णाली प्रदेश सरकार र बीरेन्द्रनगर नगरपालिकाको समन्वयमा आयोजना गरिएको हो । युरोपियन यूनियन तथा संयुक्त राष्ट्रसंघका विभिन्न निकायहरूको संयुक्त पहलमा सडक नाटक प्रदर्शन गरिएको हो ।

हरेक स्क्रीन र प्रोफाइल तस्वीर पछाडि एउटा मान्छे हुन्छ, जसका भावना, सम्मान र अधिकार हुन्छन् । आवाज उठाऔँ, पीडितलाई साथ दिऔँ, मौन नबसौँ, हिंसा सहनु हुदैन, जिम्मेवार डिजिटल नागरिक बनौँ, सुरक्षित अनलाइन, सुरक्षित अफलाइन जस्ता नयाँ प्रविधिको सचेतना दिइएको थियो ।

युवाहरूको सक्रियता, सार्वजनिक स्थानमा नेतृत्व, र डिजिटल वातावरणलाई सुरक्षित र सम्मानजनक बनाउने जनचेतनामा युवाको भूमिकालाई स्पष्ट रूपमा उजागर गर्न प्रदेश राजधानीमा गरिएको यो कार्यक्रम परियोजना रहेका सबै जिल्लामा कार्यक्रम गरिने  बताइएको छ ।

प्रकाशित मिति : २०८२ मंसिर १८ गते बिहीबार