धनुषा – मधेस प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले नेपाली कांग्रेसका नेता कृष्णप्रसाद यादवलाई शुक्रबार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको छ । शुक्रबार सात दलको बैठकले यादवलाई मधेस प्रदेशको मुख्यमन्त्री बनाउने सहमति भए अनुसार यादव मुख्यमन्त्री बन्ने बाटो खुलेको हो ।
एमालेका सरोज यादवले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि कांग्रेसका कृष्ण यादव र लोसपा नेपालका जितेन्द्र सोनलले दाबी गर्दै आउनुभएको थियो । सात दलका बिचमा लगातार छलफलबाट भएको थियो । लामो छलफलपछि आज यादवको नाममा सहमति बनेको थियो ।
नेकपा एमालेका सरोज यादव मुख्यमन्त्री बनेपछि कांग्रेस सहित सात दलको आन्दोलन सुरु भएको थियो । हरेक आन्दोलनमा कांग्रेसको साथ–सहयोग रहेकोले सो दलले मुख्यमन्त्रीमा दाबी गर्नु स्वाभाविक रहेको बताउँदै सर्वसम्मतिबाट यो निर्णय भएको हो ।
मधेस केन्द्रित दलबाटै मुख्यमन्त्री बनाउने तयारी थियो । कांग्रेस बाहेकका दलको बहुमत नपुग्ने भएपछि कांग्रेसलाई नेतृत्व दिन बाध्यता आइलागेको हो । ‘कांग्रेसलाई छाडेर हामी ६ दलले मात्र सरकार बनाउने प्रयास नभएको होइन, तर बहुमत नपुग्दा कांग्रेसको अडान सफल भएको हो ।’
अब सभामुख, मन्त्रीलगायत अन्य नियुक्तिको विषयमा के गर्ने भन्नेबारे छलफल हुन बाँकी रहेको बताइएको छ । यस विषयमा जनकपुरमा रहेका लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले कांग्रेसका संसदीय दलका नेता कृष्ण यादवसँग छलफल गर्नुभएको बताइएको छ ।









प्रतिक्रिया दिनुहोस्